जनता टाइम्स

२३ चैत्र २०७७, सोमबार १२:२०

पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाको सबै पदमा निर्बिरोध


काठमाडौं, चैत्र २३

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । प्रतिष्ठान शाखाको सातौ अधिवेशनले अध्यक्षमा शान्तिराम कार्की निर्विरोध हुनु भएको छ ।

शाखाको अधिवेशनले सर्वम्मतिमा उपाध्यक्षमा सत्यनारायण श्रेष्ठ र अञ्जु कार्की (महिला), सचिवमा कृष्णदेव रुपाखेती र सहसचिवमा प्रभा खड्कालाई निर्वाचित गरेको छ । यसैगरी, सहसचिव समावेशीमा अनिष्मा बस्नेत र कोषाध्यक्षमा नरेश पोखरेललाई निर्वाचन गरेको छ ।

कार्यसमितिको सदस्यमा दीपमान श्रेष्ठ, उमा श्रेष्ठ, वीरेन्द्र महतो (मधेशी), संजीव दाहाल, प्रमिला भट्टराई र पाण्डवराज कार्कीलाई पनि सर्वसम्मत निर्वाचित गरेको छ । प्रतिष्ठानको केन्द्रीय परिषद् सदस्यमा गणेश बस्नेत र गार्डिका बज्राचार्य एंव प्रदेश परिषद् सदस्यमा सन्तोष खड्का र जीवनाथ शिवाकोटीलाई चयन गरेको छ ।