जनता टाइम्स

२ बैशाख २०७८, बिहीबार १६:०४

कर्णालीमा मुख्यमन्त्रीलाई साथ दिने कुरा निराधार : कांग्रेस


सुर्खेत, बैशाख २

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिने कुरा निराधार भएको कांग्रेसले जनाएको छ । शुक्रबार दिउँसो दुइ बजे बस्ने कर्णाली प्रदेशसभा संसदमा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दै हुनुहुन्छ । उहाँले नेपाली कांग्रेस र राप्रपाले आफूलाई साथ दिने बताए पनि दलहरुले साथ नदिने निचोड गरेका हुन् । आफ्नो पक्षमा कांग्रेस र राप्रपा गरी १९ सांसद भएको बताउँदै शाहीले संसदमा विश्वासको मत पाउने दाबी गर्दै आउनुभएको छ ।

तर कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले माओवादीसँग अहिलेसम्म कुनै छलफल र सहमति नभएको जानकारी दिनुभयो । उहाँले विश्वासको मत माओवादीलाई दिने सहमति भएको भन्ने कुरा निराधार र कपोलकल्पित भएको पनि सुनाउनुभयो । सत्ता सहकार्य कोसँग गर्ने भन्ने बारेमा दलले कुनै पनि निर्णय नगरेको स्पष्ट पार्नुभयो ।

त्यस्तै राप्रपाको सांसद शोशिला शाहीले पनि माओवादीसँग सत्ता सहकार्यका बारेमा कुनै वार्ता र छलफल नभएको बताउनुभयो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिन चैत ३१ गते पत्र दर्ता गर्नुभउको छ । प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक जना सांसद हुनुहुन्छ र उहाँले भोलीको वैठकबाट विश्वासको मत लिनुपर्नेछ ।