जनता टाइम्स

२ बैशाख २०७८, बिहीबार २२:५७

यसरी बन्यो प्रधानमन्त्री ओलीविरुद्ध फेक न्युज


काठमाडौं, बैशाख ३

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विहिवार साँझ एक फेक समाचार बनाएपछि माओवादी केन्द्रसँग आवद्ध व्यक्तिले फटाफट भाइरल बनाउन प्रयत्न गरे । माओवादीकै अध्यक्षको नामको ग्रुपले समेत सो फेक समाचार खुवै प्रचार गर्ने काम गर्यो ।

समाचार थियो, प्रधानमन्त्री ओलीले भारतीय खुफिया एजेन्सीसँगको सम्झौतालाई बनाइएको काल्पनिक समाचार । समाचारमा प्रधानमन्त्री ओली र रअका प्रमुखको हस्ताक्षर किर्ते गरिएर प्रकाशित गरिएको छ । सरकार गिराउने पटक पटकको प्रयास असफल भएपछि प्रधानमन्त्री ओलीविरुद्ध मिसन शुरु गरेको एक नेताले जानकारी दिए ।

पत्रको सुरुमा अनअफिसियल ट्रान्सलेसन लेखिएको पाइनु र प्रधानमन्त्री केपि शर्मा ओलि र गोयलको आधिकारिक हस्ताक्षर नहुनु , फोटोकपी पेपर को न्युज बन्नु लगायत का थुप्रै कारण ले न्युज फेक रहेको प्रष्ट देख्न सकिन्छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भएको बताउनु भयो । उहाले भन्नुभयो, ‘भारतीय ख़ुफ़िया एजेन्सिका प्रमुखसंगको संझौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाईनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ । बिदेश मामिला जस्तो संबेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु ।’

नेकपा एमालेभित्र माधव नेपाल निकट रहनु भएका नेता विष्णु रिजालले पनि यस्ता नक्कली कागजात खडा गरी प्रचार गर्नु तिनै गुप्तचर र तिनकै देशको सेवा हुने बताउनु भयो । ‘प्रधानमन्त्रीसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन् । तर, विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुत : तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ’, उहाले अगाडी भन्नुभयो, ‘यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र ! कम्तीमा देशको मर्यादाको त ख्याल गरौं !’