काठमाडौं, बैशाख ४
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध फेरी एकजुट भएर लड्नुपर्ने बेला आएको बताउनु भएको छ । जनतालाई परेको महामारी रोक्न बोलाएको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठकमा एकजुट भएर अगाडि बढ्न प्रस्ताव राख्नु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको शुरुमै उहाले कोरोना भाइरस संक्रमणको महामारी साझा समस्याका रूपमा देखिएकाले एकजुट भएर लड्नुपर्ने बताउनु भयो । आफ्नो धारणा राखेपछि प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि बैठकमा सहभागी नेताहरूसँग सुझाव माग्नु भएको छ ।
जनताको समस्याका लागि बोलाइएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केही नेता भने अनुपस्थित हुनु भएको छ । हिजो एक सार्वजनिक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीको फोन आएकाले भोली भेट हुँदा यहाको समस्या राख्छु भनेर धारणा राख्नु भएको थियो । तर, उहा निकट नेताहरुले भने बालुवाटारबाट निम्तो नआएको बताउदै आउनु भएको छ ।
सर्वदलीय बैठकका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर, नेता लक्ष्मणलाल कर्ण लगायतका सहभागी हुनुहुन्छ । सर्वदलीय बैठकमा कुरा राखेर सरकारले संसदको हिउँदे अधिवेशन टुंग्याउने र बर्खे अधिवेशन बनाउने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्