काठमाडौं, बैशाख ७
नेकपा एमालेले फ्लोर क्रस गर्ने योजनामा रहेका माधवकुमार नेपाल समुहका ३२ सांसदलाई स्पष्टिकरण सोधेको छ । प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेर साथ दिने सूचना पाएपछि नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको हो ।
एमालेले पार्टीलाई दुर्घटनामा पुग्नु अगाडी नै एमालेले एक्सन लिएको छ । सोमवारको केन्द्रीय कमिटी बैठकले यसअघि निलम्बन गरिएका चार नेतासहित कर्णालीका फ्लोर क्रस गर्ने, गर्न उक्साउने र संघीय संसदमा पनि फ्लोर क्रस गर्ने बैठकहरूमा सहभागी भएका सांसदलाई दुई दिनको समय दिएर स्पष्टीकरण मागेको एक नेताले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको एकै व्यहोराको स्पष्टीकरणमा चार वटा आरोप र प्रश्नहरु सोधिएका छन् । तपाईंलाई किन कारवाही नगर्ने ? भनी प्रश्न गरिएको छ । ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ लगायतका प्रश्न स्पष्टिकरण पत्रमा सोधिएको छ । स्पष्टीकरण पत्र सम्बन्धित व्यक्तिको इमेल र भाइबरमा पठाइएको छ । ३२ सांसद मध्ये प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ जना रहेका छन् ।



१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेशकुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरलाकुमारी यादव
२४. कृष्णलाल महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाक्री
कर्णाली प्रदेशका सांसद
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली













प्रतिक्रिया दिनुहोस्