काठमाडौं, बैशाख ८
२०७२ सालमा भूकम्पले ढालेको धरहरा ६ वर्षपछि ठडिएको छ । पुरानो ९ तलाबाट २२ तले बनेको धरहराको फिनिसिङको काम अहिले धमाधम भइरहेको छ । करिव अन्तिम चरणमा रहेको धरहरामा गजुर र शिवलिङ राखिएको छ ।

नवनिर्मित धरहरा वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । धरहराको पुनर्निर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजु मानन्धरले जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस्