जनता टाइम्स

९ बैशाख २०७८, बिहीबार १५:३५

सुध्रिएन माधव समुह : पार्टी स्थापना दिवसकै दिन आयो बिभाजनको डरलाग्दो चित्र


काठमाडौं, बैशाख ९ । आफूमाथि गरिएको अपमान सहेरै भएपनि पार्टी एकता जोगाउने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयाश निरर्थक बन्ने संभावना देखिएको छ । बहुमतको आडमा बिधानमाथि नै बलात्कार गर्दै आफूलाई साधरण सदस्यबाट समेत निकालेको घोषणा गर्नुहुने निलम्बित नेता माधवकुमार नेपालसँग अपमान सहेरै भेटबार्ता गर्नुभएका ओलीले स्थापना दिवसकै दिन नेपाल समुहले पार्टी बिभाजनको धम्की दिएपछि यस्तो अवस्था देखिएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले आफूलाई तथानाम गालीगलौज गर्नुहुने नेता नेपालसँग मेरियट होटलमा दुई घण्टा बढी छलफल गर्नुभएको थियो । छलफलमा अध्यक्ष ओलीले सच्चीएर आउँदा पार्टीमा कुनै भेदभाव नहुने बताए पनि नेता नेपाल भने समुहगत सौदावाजी गरी पार्टी बिभाजनकै रोडम्यापअनुसार अघि बढेको पाइएको छ । नेता नेपाल एमालेमा ४० प्रतिशत पुर्याएर पार्टी बिभाजन गर्ने र माओवादीमा लगेर बिलय गराउने घोषित योजनामा रहेको तथ्य आज मात्रै सो समुहका १५ जना नेताले जारी गरेको बिज्ञप्तीले प्रष्ट पारेको छ । स्थापना दिवसमा पार्टी एकताको अपिल भन्दै सो समुहले बिभाजनको औचित्य पुष्टि गर्नै धृष्टता गरेको हो ।

पार्टी बिभाजनको आधार दिँदै सो समुहले भनेको छ, ‘हामीलाई नेकपा एमालेमा रहन नदिन अनेक दाउपेचहरु गरिएका छन । २८ फागुनको भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ ।’ सो समुहले बिज्ञप्तीमा कर्णालीमा माओवादी सरकार बचाउने कामको बचाउ गरेको छ भने पार्टी बिभाजनको कामलाई पनि सही भन्दै उल्टै नेतृत्वमाथि दोषारोपन गरेको छ ।