काठमाडौं, बैशाख ९
नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्दै गएको छ । केही दिनयता प्रत्येक दिन संक्रमितको संख्या तिव्र बढिरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा आज देशभर २४२८ जनालाई संक्रमण पुष्टि भएको छ ।
१० हजार १ पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण हुँदा २४२८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३६५ जनाको पीसीआर र ६३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।
संक्रमणपुष्टि भएकामध्ये २ लाख ७६ हजार ३४९ जना निको भए भने ३१ सय १७ जनाको मृत्यु भएको छ । हाल १२ हजार ६९० संक्रमित आइसोलेसनमा रहेका छन् । त्यस्तै काठमाडौं उपत्यकामा मात्रै आज थप ११ सय ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ९७८, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्