काठमाडौं, बैशाख ९
प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार राति खानासहित भेटवार्ता भएको छ । भेटमा एमालेका सचेतक विशाल भट्टराई र कानुन मन्त्री लीलानाथ श्रेष्ठसहित भेटवार्ता भएको हो ।

भेटको तस्विर सार्वजनिक गर्दै सचेतक भट्टराईले रोचक प्रसंग पनि उल्लेख गर्नुभएको छ ।
यस्तो छ उहाले राख्नु भएको प्रसंग
कमरेड बामदेब गौतमलाइ मैले सपाट सोधे, ‘तपाइहरु बीचको सम्बाद सकारात्मक–नकारात्मक जे जस्तो भए पनि तश्वीर सार्वजनिक गर्छु है कमरेड ?, सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रमसंगको सम्बादपछि उहाँले भन्नुभो ‘केपी ओलि देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो तर उहाँसंगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ ।’ अब कमरेड बामदेब गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि !
















प्रतिक्रिया दिनुहोस्