जनता टाइम्स

१० बैशाख २०७८, शुक्रबार ०९:०२

भारतको कोभिड अस्पतालमा आगलागी, १३ जनाको मृत्यु



काठमाडौं, बैशाख १० ।भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको ज्यान गएको छ ।

अस्पतालको आईसीयूमा भर्ना भएका १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ । दुई दिनअघि मात्रै महाराष्ट्रको नासिकमा रहेको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जना बिरामीको ज्यान गएको थियो । भारतको अहिले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ ।

दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् । गएको २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।