जनता टाइम्स

११ बैशाख २०७८, शनिबार १२:०३

उठ्यो धरहरा : प्रधानमन्त्री ओलीद्वारा उद्घाटन


काठमाडौं, बैशाख ११

२०७२ सालको महाभूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि फेरी उठेको छ । भूकम्प आएको ६ वर्ष पछाडी त्यही दिनको एक दिन अगाडिमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको हो ।

नयाँ धरहरा आधुनिक सुविधायुक्त र बलियो बनाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार धरहराको मूल टावर निर्माणको काम पूरा भएको छ । दुइटा लिफ्ट राख्ने र रङरोगन गर्ने काम सकिएको छ । दुईमध्ये एउटा लिफ्ट सञ्चालनमा आएको छ । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न–हेर्न सजिलो छ ।