काठमाडौं, बैशाख १२
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २९२ पीसीआर परीक्षणबाट आज ३ हजार ३२ जनामा र ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार हाल ६९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै गएको २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। यता काठमाडौं उपत्यकाको भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन् । आजको संक्रमित संख्यासँगै नेपालमा कूल संक्रमित ३ लाख २०९ पुगेको छ।













प्रतिक्रिया दिनुहोस्