जनता टाइम्स

१२ बैशाख २०७८, आईतवार २२:०१

प्रचण्ड स्थिरता नचहाने राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली


काठमाडौं, बैशाख १२

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय समस्या भएको टिप्पणी गर्नुभएको छ । विगतदेखी नै देशमा स्थिरता नचहाने प्रचण्ड राष्ट्रिय समस्या भएको बताउनु भएको हो ।

इमेज टेलिभिजनलाई दिएको अन्तर्वातामा क्रममा एमाले अध्यक्ष समेत रहनु भएका ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ‘उहाँ (प्रचण्ड) त एउटा राष्ट्रिय समस्या हो’, ओलीले भन्नुभयो, ‘उहाँले कसैलाई पनि मिल्न नदिने । नेपाली काँग्रेसमा भन्नुस् न, उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाका बीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन ? उहाँलाई देश बनाउनु त छैन ।’