काठमाडौं, बैशाख १४
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही समयमा ५५५ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनुभएको छ । त्यस्तै गएको २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । हिजो भन्दा आज ९६८ जना बढीलाई संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टीजेन परीक्षणमा पीसीआर गर्दा ४३ सय ६४ र एन्टीजेनमा १६० जनालाई पोजेटिभ देखिएको हो ।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ भने २ लाख ७८ हजार ५०६ निको भएका छन् । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ३ हजार १९४ गुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्