जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार २२:१९

कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदुतलाई प्रधानमन्त्रीको आग्रह


काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार नेपालका लागि रुसी महासंघका राजदुत अलेक्सेई नोभिकोभले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिडविरुद्धको खोप (स्पुतनिकभी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिनुभएको थियो । भेटमादु ई पक्षीय सम्बन्धका अन्य आयाम माथि चर्चा भएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गतिदिने बारे पनि छलफल भएको थियो ।