जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार १६:४४

एकैदिन ५७२७ जनामा संक्रमण, काठमाडौं उपत्यकाका करिब ३ हजारमा पुष्टि, ३३ को मृत्यु


काठमाडौं, बैशाख १७

नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता संक्रमणको संख्याले रेकर्ड कायम गर्दै आएको छ । आज देशभर ५ हजार ७२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा ९२८ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

१५ हजार ३९२ जनाको पीसीआर परीक्षण भएकोमा ५६५७ जनालाई पोजेटिभ देखिएको हो भने ५२५ जनाको एन्टीजेन परीक्षण हुँदा ७० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एकै दिन करिब ३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८६ पुगेको छ । जसमध्ये २ लाख ८१ हजार ९५ निको भएका छन् भने ३२ सय ७९ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ रहेको छ ।