जनता टाइम्स

१७ बैशाख २०७८, शुक्रबार १७:२१

१५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष धौलागिरी हिमालमा भेटियो


काठमाडौं, बैशाख १७

१५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव अवशेष धौलागिरी हिमालमा फेला परेको छ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।

नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ ।