जनता टाइम्स

१८ बैशाख २०७८, शनिबार १८:१७

सिसीएमसीले निषेधाज्ञामा पत्रकारलाई गर्यो कडाई, सूचना बिभागको पास अनिवार्य


काठमाडौं, बैशाख १८

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) ले बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै पत्रकारलाई कडाई गरेको छ । दोस्रो भेरियन्टको नयाँ कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिएपछि सिसीएमसीले निषेधाज्ञामा पत्रकारलाई सूचना बिभागको पास अनिवार्य गरेको हो ।

उपत्यकाका जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सूचना विभागको पास भएका पत्रकारलाई मात्रै लकडाउनमा बाहिर निस्कन मिल्ने र उपत्यका बाहिरका जिल्लाहरुमा भने प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने बताइएको छ ।

यसअघि निषेधाज्ञालाई वेवास्था गरी विभिन्न व्यक्तिहरु प्रेस पास देखाउँदै विभिन्न बहानामा बाहिर हिडेको पाइएको थियो । त्यस्तै यसअघि पहिलो लकडाउनको समयमा पनि प्रेस ज्याकेटको दुरुपयोग हुँदै आएको थियो । प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नहोस भनेर सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा हिजो भएको थप निर्णय सार्वजनिक भएको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

यसैगरी जनताका केही गुनासा टोल फ्री नं ११४० मा फोन गर्न र उक्त समस्याको समाधान २४ घण्टाभित्रै समाधान हुने पनि बताइएको छ । त्यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न पनि सिसीएमसीले अनुरोध गरेको छ ।