जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १३:२६

आकस्मिक रुपमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु


काठमाडौं, बैशाख १९

आकस्मिक रुपमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं पार्टी महासचिव ईश्वर पोखरेलबीचको छलफलपछि स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा नेताहरु सहभागी हुने क्रम जारी रहेको छ ।