जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १६:४०

कोरोनाले राख्यो नयाँ रेकर्ड : एकैदिन थपिए ७२११ संक्रमित, गयो २७ को ज्यान


काठमाडौं, बैशाख १९

नेपालमा पछिल्लो समय दैनिक नयाँ नयाँ रेकर्ड राख्दै आएको कोरोना भाइरस संक्रमण संख्याले आज पुनः नयाँ रेकर्ड राखेको छ । वितेको २४ घण्टामा ७ हजार २११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै अहिले सम्मकै उच्च संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर ७ हजार २११ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो । गत २४ घण्टामा नेपालमा कोरोनाको कारण २७ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमित संख्या ४८ हजार ७११ रहेको छ ।