जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार ०५:५७

महामारीमा झनै बढ्यो मिडिया आतंक : तथ्य बंग्याएर यसरी गरिदैछ नागरिकको स्वास्थ्यमाथि नै खेलवाड


काठमाडौं, बैशाख २४ । कोरोना महामारीमा जनतालाई सही सूचना दिने दायित्व बोकेका मुलधारका मिडिया नै आफ्नो स्वार्थपुर्तिका लागि तथ्य बंग्याएर जनतालाई आतंकित पार्ने काममा नियोजित रुपमा लागेको पाइएको छ । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मुछेर केही मिडयाले खोपमा पनि मिसन कमिसन भन्दै हुँदै नभएको कथा रचेर नेपालीलाई आतंकित पार्ने काम गरेका हुन ।

सरकारले नागरिकको जीवनलाई पहिलो प्राथमिकता दिई कोभिडबिरुद्धको खोप ल्याएर लगाउन सुरु गरेपछि नेपाली मिडियाले उल्टै सरकारको बदनाम गर्न कसेको निर्देशन र स्वार्थमा यस्तो घृणित खेल खेलेका हुन । भारतको खोप उत्पादक सेरम इन्स्टिच्युटको खोप ल्याउन स्थानीय एजेन्टको दबाबमा पर्दा सरकार अनिर्णयको बन्दि बन्यो भन्दै ती मिडियाले अफवाह फैलाएर जनतालाई आतंकित पारिरहेका छन । तर बास्तविकता बिल्कुलै फरक रहेको छ । सेरमको नेपाली एजेण्ट हुकुम डिष्ट्रिब्यूसन एण्ड लजिष्टिक सपोर्ट प्रालिले कानून बमोजिम लिन पाउने कमिशनसमेत नलिने निर्णय गरेको पाइएको छ ।

मुलुकमा सरकारले जे जे खरीद गर्छ ती सबैमा खरिदका नियम, बिधि, खरीद टर्मस तथा कन्डीसन्सहरुको अपब्याख्या गर्ने वा नियतबस तोडमोड गरेर यी सबै बिषय बुझ्ने क्षमता नराख्ने आम नागरिकमा भ्रम फैलाउने नियोजित उदेश्यका साथ प्रधानमन्त्रीलाई समेत जोडेर यस्तो काम भएको हो । ती मिडयाले खोपमा पनि मिसन कमिसन” भन्ने हेडलाइनमा खोप खरीदमा कमिसनको खेल भएको भन्ने हल्ला चलाएका छन । तर बास्तविकता यो भन्दा बिल्कुलै भिन्न छ ।

सरकारले पहिले चरणमा २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेर भारतीय खोप उत्पादक सेरम इन्स्टिच्युटसंग प्रस्ताव माग गर्यो । धेरै नेगोसियसनपछि प्रति डोज ४ डलरमा खोप उपलब्ध गराउने भन्यो । यो कम्पनीले खोप दिने हो, अन्य लजिस्टिक र नेपालभित्रको डिष्ट्रिब्युसन गर्दैनथ्यो । त्यसको निम्ति उसले नेपालको स्थानीय एजेन्ट हुकुमसंग संपर्क गर्न भन्यो । त्यसपछि सरकारले लजिस्टिक तथा डिस्ट्रीब्युसन गर्न हुकुमसंग नेगोसियसन गरेर मोलको १० प्रतिशत रकममा त्यो काम गर्न सरकारसंग तयार भयो । यो १० प्रतिशत रकममा सेरमको कुनै लेनादेना रहने कुरा भएन । त्यसैले उसले नेपाल सरकारले हुकुमलाइ १० प्रतिशत मा मनाएको भएर सो को मुल्यका सम्बन्धमा सेरमको प्रस्तावमा ०.४ डलर (As per decision of govt of Nepal) उल्लेख भयो ।

तर सेरमको मुल प्रस्तावमा भुक्तानीको शर्त १०० प्रतिशत एडभान्स थियो । सरकारले नेगोसियसन गरेर यसलाइ पहिले ८० प्रतिशत र पछि २० प्रतिशत भनेर सहमत गराएपछि भुक्तानीको शर्तमात्र संसोधन गरेर ४ डलर प्रति डोजको पुन प्रस्ताव पठायो । र सो प्रस्तावमा दरको किसिम प्रष्ट रुपमा 4 dollar CIP अर्थात “carriage and insurance paid to भनेर पठायो । जुन कुरा पहिलेको प्रस्तावमा पनि त्यही थियो तर लजिस्टिक र डिस्ट्रिब्युसन गर्ने हुकुम को १० प्रतिशत जोडिएको थियो । चार डलर प्रति डोज भन्दा मुल्यको टर्मस “CIF” थियो । लजिस्टिक र डिस्ट्रिब्युसनको काम नेपाल सरकारले नै हुकुमसंग गर्नु पर्ने भएपछि सोको काम हुकुमले गर्नेछ भनेर तोकेर चार डलर/ डोजकै मुल्य पठायो । पछिल्लोमा फरक भएको भनेको १०० प्रतिशत अग्रिम भुक्तानीलाइ ८० र २०प्रतिशत बनाइयो । अब यहा कमिसनको खेल भयो भनेको के हो ?

जहासम्म दोस्रो पटक ५० लाख डोज खरिद गर्ने सरकारको निर्णय पछि मोल ५.५ डलर पुर्याएको भन्ने कुरा छ । अनि फेरी १० प्रतिशत लजिस्टीक र डिस्ट्रिब्युसनको मोल राखेर एजेन्टले सरकार र सेरेमको सम्बन्ध टुटायो कमिसन खान भन्ने छ । यो बिल्कुलै कपोलकल्पित हावादारी कुरा हो। नेपालले सेरेमसंग खरिद गर्दा भारत सरकारसंग कुटनितिक पहल गरेर नेपाललाइ सहयोग गर्नुपर्यो भनेर माग गररेपछि सोको आधारमा ४ डलरमा भ्याक्सिन दिन तयार गरेको हो । हैन भने सोही कम्पनीले भारतसरकारलाइ समेत ४ डलरमा खोप दिएको छैन । केन्द्र सरकारलाइ ३ सय भारतीय रुपिया र प्रदेश सरकारलाई ६ सय भारतीय रुपियाँमा उपलब्ध गराइदिन भारत सरकारले समेत मुस्किलले सेरेमलाइ सहमत गराएको छ । अहिले भारतले खोप निर्यात नै बन्द गरेका बेला खोपको मुल्य ५.५ डलर पुर्याएर हुकुम भन्ने एजेन्टमार्फत कमिसन खान खोज्यो भन्ने कुरा नै अफवाहका लागि ल्याइएको छ ।

सिरम कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता हुकुमले पनि मिडियाले अफवाह फैलाएको प्रष्ट तथ्य खोलिदिएको छ । उस्ले बिज्ञप्ती नै जारी गरेर सिरमको आधिकारिक बिक्रेता भएपनि अहिलेसम्म सिरम इन्ष्टिच्यूटबाट उत्पादन गरिएको कोभिशिल्ड भ्याक्शिन नेपालमा आयात गर्दा हुकुमको आधिकारिक सहभागिता नरहेको प्रष्ट पारेको हो । सो कम्पनीले महामारीको बेला नागरिककप्रतिको दायित्व सामाजिक उत्तरदायिव महसुस गर्दै नियम सम्मत रुपमा पाउनुपर्ने शेवा शुल्कसमेत नलिने निर्णय गरेको र त्यसबापत स्वास्थ्य मन्त्रालयले पत्र लेखेरै धन्यवाद ज्ञापन गरेको जनाएको छ ।