काठमाडौं, बैशाख २६ । अक्सिजन सिलिण्डर सहज रूपमा उपलब्ध गराउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी० ले टाक्स फोर्स गठन गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीले उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा ६ सदस्यीय टाक्स फोर्स गठन गरेको हो ।
टाक्स फोर्समा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सह–सचिव, नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी अस्पतालका प्रतिनिधि गरी छ जना सदस्य रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार टाक्स फोर्सले काम पनि सुरु गरिसकेको छ ।
अक्सिजन सिलिण्डर उपलब्ध गराउन टाक्स फोर्स गठन













प्रतिक्रिया दिनुहोस्