काठमाडौँ, वैशाख २९ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा बाबुराम भट्टराइको बोली फेरिएको छ । हिजो मंगलबारसम्म ओलीविरूद्धको गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भनेर मत राखिरहनुभएका भट्टराइले आज बिहानै ट्वीट गर्दै चुनावको पक्षमा वकालत गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘देशको संकट हल गर्न यसो गरौं : १. धारा ७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २. दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समिति ३. साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, त्च्ऋरमुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.) लागू ४. एक बर्षभित्र चुनाव !’
जनताको पक्षमा बर्तमान संसदले काम गर्न नसकेको ठहरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्दा प्रतिगमन भयो भन्दै उफ्रने भट्टराई पनि अव ओलीकै निश्कर्षमा पुग्नुभएको यो भनाईले देखाएको छ ।













प्रतिक्रिया दिनुहोस्