काठमाडौं, बैशाख २९
नेकपा एमालेले प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य पशुपति चौलागाईको निधनमा तीन दिनसम्म आधा झण्डा झुकाउन मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालय सहित देशभरका पार्टी कार्यालयहरुमा तीन दिन आधा झण्डा झुकाउने र शोक पुस्तिका राखिने वागमती प्रदेश अध्यक्ष तथा चौलागाईका राजनीतिक सहयात्री आनन्द पोखरेलले बताउनुभयो ।
एमाले केन्द्रीय कार्यालयको ढोकामा स्वर्गीय चौलागाईको फोटोमा माल्यार्पण गरी नेताहरुले अन्तिम श्रद्धान्जली दिनुभयो । कार्यालयमा शोक पुस्तिका राखिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । पार्टी केन्द्रीय कार्यालयमा ३ दिन शोक पुस्तिका राखिने र श्रद्धाञ्जली दिन चहानेहरुले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आएर दिन सक्ने उहाँले बताउनुभयो ।
चौलागाईको अन्तिम श्रद्धान्जलीमा वागमती प्रदेश इन्चार्ज एबम् गृहमन्त्री रामवहादुर थापा बादल, सह–इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, संचारमन्त्री पार्वत गुरुङ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल लगायतका नेता पार्टी कार्यालयमा जम्मा हुनुभएको थियो । यसअघि मनमोहन अस्पतालमा अमृत बोहोराले पार्टीको झण्डा र सन्चारमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्