काठमाडौं, बैशाख ३०
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोनाकै कारण २ सय १४ जनाको ज्यान गएको छ । यसअघि हिजो १६८ जनाको मृत्यु भएको थियो । देशभर आज ५ हजार ५५ जनाले कोरोना जितेका छन् । यसअघि हिजो ४ हजार ४ सय ४४ जनाले कोरोना जितेका थिए ।
त्यस्तै काठमाडौँ उपत्यकामा भने ३ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २७३३ जना, भक्तपुरमा ३४८ जना र ललितपुरमा ४८१ जना कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्