जनता टाइम्स

२ जेष्ठ २०७८, आईतवार २२:२२

घटन थाल्यो कोरोना संक्रमितको दर, बढ्यो संक्रमण जित्नेको संख्या


काठमाडौं, जेठ २ । महामारीको रुप लिएको कोरोना संक्रमितको दर क्रमशः घटन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक हेर्दा केही दिनयता कोरोना संक्रमितको दर घटदै गएको हो ।

संक्रमितको दर घटदै जाँदा संक्रमणमुक्त हुनेको संख्या भने दैनिक रुपमा बढेको छ । स्वास्थ्य प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतवार देशभर ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसअघि शनिवार देशभर ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका थिए ।

स्वास्थ्य मन्त्रालयका आज देशभर ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।