काठमाडौं, जेठ ३
नेकपा (एमाले) की नेतृ एवं बागमती प्रदेशसभा सदस्य रमा आलेले राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादल नै आफूहरूको अधाकारिक उम्मेदवार रहेको जानकारी दिनुभएको छ । उहाँले एमालेको आधिकारिक उम्मेदवार नै आफूहरूको पनि उम्मेदवार रहेको स्पष्ट पार्नुभयो ।
‘पार्टी एकताका लागि हामी सबैले काम गर्दै द्धन्द्ध बढाउने भन्दा पनि एकतालाइ मजबुद बनाउने बाटोमा अगाडि बढ्नुपर्छ । पार्टी अध्यक्ष र वरिष्ठ नेताकाबीचमा सहमतिको वातावरण बनेर पार्टी एउटै बनिरहेको समयमा ६ गतेको राष्ट्रियसभा उप-निर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई मत दिनुको विकल्प छैन । हामीले उहाँको विरूद्धमा मत दियौँ भने त हामीले पार्टी फुटाउनका लागि जग हालेको ठहर हुन्छ ।’
माधव पक्षमा रहँदै आउनुभएको सांसद आलेले एमाले विभाजन गर्ने र भाग्ने छुट कसैलाई नरहेको पनि बताउनुभयो । उहाँले एमालेको आधिकारिक उम्मेदवार बादल भएका कारण स्पष्टका साथ भोट हाल्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्