काठमाडौं, जेठ ५
बलम्वु अस्थायी आईसोलेसन ब्यवस्थापन समितिले कोभिड–१९ संक्रमितलाई प्राथमिक उपचार प्रदान गर्ने उदेश्यले स्वास्थ्य सामग्री हस्तान्तण गरेको छ । स्वस्थ सामुदायिक अस्पतालमा संचालन गर्न लागिएको अक्सिजन सहितको आईसोलेसन सेन्टरका लागि स्थानीय समुदाय र संघ’संस्थाबाट सहयोग गरिएको हो ।
लाईन्स् क्लब अफ चन्द्रागिरि काठमाडौंका अध्यक्ष जयरामप्रसाद लुईंटेल र नेपाल तरुण दल काठमाडौं–१० का सभापति ईश्वर लामाले संयुक्त रुपमा बलम्वु अस्थायी आईसोलेसन सेन्टरको लागि ५ थान सर्जिकल बेडसहित पिपिई सेट, स्यानीटाईजर, डिस्पोजल ग्लोब्स्, फेस शिल्ड, मास्क हस्तान्तरण गर्नुभयो ।
त्यस्तै चन्द्रागिरि–७ का वडाध्यक्ष शम्भु केसीले १० वटा पिपिई सेट दिनुभएको थियो भने गर्जुधारा सहयोगी समुहले १० अक्सिमिटरसहित स्यानीटाईजर, मास्क र डिस्पोजल ग्लोब्स् हस्तान्तरण गरेको हो । कोभिड–१९ संक्रमितको उच्च मनोबलसहित प्राथमिक उपचार सेवा प्रदान गर्नेगरी उक्त आईसोलेसन सेन्टर शनिबारदेखि संचालन हुने समितिका अध्यक्ष बिकास महर्जनले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्