जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १४:४३

प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता, नेपाललाई भ्याक्सिन दिन अनुरोध


काठमाडौं, जेठ ६

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोका सन्दर्भमा छलफल भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री ओलीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गर्नुभएको सचिवालयले जनाएको छ ।