काठमाडौं, जेठ ६
नेपालमा आज ६५४३ जनाले कोरोना संक्रमण जित्नुभएको छ । यससँगै नेपालमा हालसम्म ३ लाख ६६ हजार ९४६ जना कोरोनालाई परास्त गरी निको हुनुभएको छ । त्यस्तै गएको २४ घण्टामा देशभर ८३०५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १९० संक्रमितले ज्यान गुमाउनुभएको छ । हाल देशभर १ लाख १५ हजार ८५२ संक्रमित आइसोलेसनमा हुनुहुन्छ । आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ५८ सय ४७ संक्रमितको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्