जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १८:४९

युवा संघले भन्यो, एकता कार्यदल भंग गरी गद्दारहरुलाई तत्कालै पार्टीबाट निकाल्नुपर्छ


काठमाडौं, जेठ ६ । युवा संघ नेपालका अध्यक्ष बच्चनबहादुर सिंहले सूर्य चिन्हमा मतदान नगरी पार्टीका उम्मेद्वार हराउन लाग्ने एमाले माधवकुमार नेपालसहित सवै जनप्रतिनिधिलाई पार्टीबाट निश्काशन गर्न माग गर्नुभएको छ । बागमति प्रदेशमा आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान नगर्नेहरुलाई पार्टीमा एक मिनेट पनि राख्न नहुने अध्यक्ष सिंहको भनाई छ ।

‘पार्टीको व्हीप, अनुशासन र आधिकारिक निर्णय नमान्ने तर पार्टीभित्रै बसिरहेका सकुनीहरुको मुखौटो आज फेरि उदाङ्गिएको छ, सूर्य चिन्हबाट चुनाव जितेका तर प्रचण्डका मामुली कार्यकर्ता हुन रुचाउने अन्तरघाती गद्दारहरुलाई अब एक मिनेट पनि पार्टीमा बस्ने सुबिधा दिईनु हुँदैन,’ युवा संघ अध्यक्ष सिंहले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले माधव नेपाल समुहलाई एमालेमा बस्ने सुबिधा अव नरहेको धारणा पनि राख्नुभयो । गधा धोएर गाई हुँदैन, त्यसैले पार्टी एकीकरणका लागि बनाईएको कार्यदलको अब कुनै औचित्य नरहेकोले भङ्ग गरी पार्टीभित्रका धमिराहरुलाई यथाशीघ्र कार्वाही गरी पार्टी सुद्धिकरण प्रकृया अगाडि बढाउनुको बिकल्प हुँदैन, सिंहले भन्नुभयो ।