जनता टाइम्स

७ जेष्ठ २०७८, शुक्रबार १७:४३

सांसद जयकुमार राईले राष्ट्रपतिलाई लेखे पत्र, केपी ओलीलाई नै समर्थन रहेको जानकारी


काठमाडौं, जेठ ७

सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल समुहका प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भन्दै राष्ट्रपतिलाई पत्र लेख्नुभएको छ । यसअघि माधवकुमार नेपालले सांसदहरुको हस्ताक्षर दुरुपयोग गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दुश्प्रयाश गरेपछि उहाँ बिद्रोहमा उत्रिनुभएको हो ।

राईले आफू देउवालाई प्रधानमन्त्री बनाउन पनि हस्ताक्षर नगरेको भन्दै राईले माधवको कामप्रति कडा आपत्ति जनाउदै आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवि भण्डारीलाई पत्रमार्फत जानकारी दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘मेरो हस्ताक्षर प्रयोग गरेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउने कुरा सञ्चारमाध्यममा आएपछि मेरो ध्यानाकर्षण भएको छ । म एमालेको प्रतिनिधिसभा सदस्य हुँ र मैले मेरो पार्टी अध्यक्षको विरुद्धमा विपक्षी पार्टी नेतालाई प्रधानमन्त्री बनाउने कुनै हस्ताक्षर नगरेको व्यहोरा जानकारी गराउँदछु ।’