काठमाडौं, जेठ ७
सरकारले सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ। सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो ।
यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ४३ औं प्रधानमन्त्री हुँदा राष्ट्रपतिसमक्ष पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी सपथ लिन्छुमात्र भनेपछि विवाद भएको थियो ।
त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ। अध्यादेशमार्फत आएको नयाँ ढाँचामा प्रतिज्ञा गर्दछु भन्ने शब्द हटाएर सपथ लिन्छु भन्ने राखिएको छ ।














प्रतिक्रिया दिनुहोस्