जनता टाइम्स

८ जेष्ठ २०७८, शनिबार ००:०१

मन्त्रिपरिषदको आकस्मिक बैठक, यस्तो आउन सक्छ निर्णय


काठमाडौं, जेठ ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दावी नपुगेको भन्दै खारेज गरेलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदो आकस्मिक बैठक बोलाउनु भएको हो । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अव केहीबेरमा बस्ने छ ।

साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्रीहरुलाई सवा ११ बजेको खबर गरिए पनि राष्ट्रपति कार्यालयको सूचना पर्खेर बैठक ढिला भएको हो । राष्ट्रपतिले संबिधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनमा दावी नपुगेको जनाएर खारेज गरेपछि मन्त्रिपरिषदले प्रतिनिधिसभा बिघटन गर्न सिफारिश गर्ने अनुमान गरिएको छ ।