जनता टाइम्स

१० जेष्ठ २०७८, सोमबार १९:०८

एमालेले सोध्यो देउवाको पक्षमा हस्ताक्षरकर्ता सुरेन्द्र र घनश्यामसहित १२ जनालाई २४ घण्टे स्पष्टिकरण


काठमाडौं, जेठ १० । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा दायर मुद्धामा हस्ताक्षर गर्ने बिघटित प्रतिनिधिसभाका १२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको अनुशासनबिपरित बिपक्षी गठबन्धनमा सहभागी भई कांग्रेस सभापतिको पक्षमा उत्रिने सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहित १२ जनालाई स्पष्टिकरण सोधेको हो ।

जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालाई स्पष्टीकरण सोधेको हो ।