काठमाडौं, जेठ ११
लुम्बिनी प्रदेशका मूख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएको बताउनुभएको छ । उहाँले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्रै सबै मानिसहरुले बुझिरहेको पनि बताउनुभयो ।
उहाँले स्मरण गर्दै भन्नुभयो, ‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीबाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’
त्यस्तै उहाँले विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकट समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न नसकिने भन्दै समयमै आफ्नै इतिहासबाट शिक्षा लिएर सही बाटोमा अघि बढ्न प्रेरित गर्नुभएको हो ।
उहाँको भनाई जस्ताको तस्तै
अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रीत थियो । त्यतिबेला उहाँको तिव्र विरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो । मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउन सबैले उहाँको खोजी गर्नुपर्यो । अहिले नेपाली राजनीति पुनः त्यहीबाटो हिड्न लागिरहेको भान भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउँ उभिएका छन्, त्यसले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको छैन । बरु प्रमुख नेताहरुको बढ्दो घेरावन्दीले उहाँ प्रति नै सर्वसाधारणको सहानुभूती बढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझिरहेका छन् ।
अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन् । दलिय अनुशासन र संसदीय प्रणालीविरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरीजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही बाटोमा अघि वढौ ।













प्रतिक्रिया दिनुहोस्