जनता टाइम्स

१५ जेष्ठ २०७८, शनिबार १६:३३

कोरोना महामारीबीच पनि अर्थतन्त्र राम्रो : अर्थमन्त्री पौडेल


काठमाडौं, १५ जेठ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ ।

बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गर्नुभयो । मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताउनुभएको छ ।