जनता टाइम्स

१६ जेष्ठ २०७८, आईतवार १०:०३

जनताका अपेक्षाहरुलाई सम्वोधन गर्न बजेट अग्रसर देखिन्छ : शंकर पोखरेल


काठमाडौं, जेठ १६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले प्रस्तुत गरेको बजेट सुन्दा समग्रतामा सन्तुलित, आकर्षक र जनप्रिय वन्न पुगेको बताउनु भएको छ । बजेटबारे आफ्नो धारणा राख्दै एमाले नेतासमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

पोखरेलको धारणा जस्ताको तस्तै

बजेट कोभिड १९को महामारी सामना गर्ने उद्देश्यमा केन्द्रीत छ ।जनअपेक्षा पनि यस्तै थियो । अव मुलुक मध्यावधि चुनावमा जाने निश्चित जस्तै भएको हुदा त्यसका लागि खर्चको व्यवस्था गर्नु आवश्यक नै थियो । कोरोना महामारी र चुनावी खर्चको व्यवस्थाकका वावजुत जनताका अपेक्षाहरुलाई सम्वोधन गर्न बजेट अग्रसर देखिन्छ । यस पटको वजेट सामाजिक क्षेत्रको सम्वोधनमा निकै उदार देखिएको छ । स्वास्थ र शिक्षा क्षेत्रले बजेटमा विशेष प्राथमिकता पाएका छन् । सामाजिक सुरक्षा भत्ता त एमाले व्राण्ड नै भयो । पूर्वाधार विकासका क्षेत्रमा बजेटले सम्माननीय प्रधानमन्त्रीको सोचलाई सम्वोधन गर्न खोज्नु स्वभाविक नै हो ।

यस पटकको बजेटले विशेष ढंगले कोभिड १९का कारणले प्रभावित व्यावसायिक क्षेत्र र समुदायलाई सम्वोधन गर्ने कोशिस गरेको छ । यसवाट नीजि क्षेत्रले एकहदसम्म राहतको अनुभूती गर्न पाएको हुनुपर्छ । बजेट भाषणले सकेसम्म धेरै क्षेत्रलाई सम्वोधन गर्ने कोशिस गर्दा केही लामो सुनिएको छ । बजेट सुन्दा समग्रतामा सन्तुलित, आकर्षक र जनप्रिय वन्न पुगेको छ । प्रादेशिक संरचनाका हकमा वर्तमान अर्थमन्त्रीवाट थप उदारताको अपेक्षा राखिएको थियो । पूर्ण बजेट कार्यक्रम आउदा त्यो पनि पढ्न पाइने अपेक्षा छ।

जहासम्म बजेटको कार्यान्वयनको विषय छ त्यो सदैव चुनौती पुर्ण रहदै आएको छ । यो वर्ष चुनावी वर्ष भएका कारणले थप चुनौतीपूर्ण हुनु स्वभाविक नै हो । यस्तो अवस्थामा स्थायि सरकारको रुपमा रहेको प्रशासनिक नेतृत्वले थप अग्रसरता र जिम्मेवारी लिएमा कार्यान्वयनमा खासै समस्या नहुनु पर्ने हो ।