काठमाडौँ, जेठ १६ । नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरि निष्कासन भएका माधव नेपालले सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटलाई विरोध गरेपनी एमाले नेता योगेश भट्टराईले स्वागत गर्नुभएको छ ।
सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटलाई जनमुखी भन्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वागत गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ – अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आ.व. २०७८र ७९ को बजेट मुलत जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।
योगेशले गरे बजेटको खुलेरै स्वागत, जनमुखी रहेको ठोकुवा













प्रतिक्रिया दिनुहोस्