जनता टाइम्स

१८ जेष्ठ २०७८, मंगलवार १४:१४

संवैधानिक इजलास स्थगित, २३ गते नयाँ रोष्टरबाट गठन गर्ने प्रधानन्यायाधीश जवराको घोषणा


काठमाडौं, जेठ १८ । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएउनु भएको हो । ‘अब २३ गते पेसी तोक्छु । वरिष्ठबाट रोष्टर बनाएर ल्याउँछु । अब चाहिँ पक्ष विपक्ष नहोस,’ आदेश सुनाउँदै राणाले भन्नुभयो ।