काठमाडौं, जेठ २०
नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने बेलायतका सञ्चारमाध्यमले लेखेको समाचारमा कुनै सत्यता नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि भएको छैन। उहाँले विदेशी सञ्चार माध्यमलले लेखेका समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो ।
बेलायतका केही सञ्चारमाध्यमलले नेपाल भेरियन्टको कोरोना देखिएको समाचार लेखेका छन्। डा. पौडेलले अहिलेसम्म यस्तो भेरियन्ट पुष्टि नभएको बताउनुभयो । हाल नेपालमा बेलायतमा भेटिएको अल्फा र भारतमा भेटिएको डेल्टा भेरियन्ट देखिएको छ।













प्रतिक्रिया दिनुहोस्