काठमाडौं, जेठ २३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले आजदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।
निगमका प्रवक्ता विनितमणि उपध्यायका अनुसार डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ। मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२५ पुगेको छ भने डिजेल र मट्टीटेल १०८ रुपैयाँ पुगेको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १२३, डिजेल, मट्टीतेल १०६ र हवाई इन्धनको अन्तरिक तपर्फको मूल्य प्रतिलिटर ७८ रुपैयाँ थियो ।
निषेधाज्ञा सुरु भएपछि निगमतले दुई पटक इन्धनको मूल्य बढाएको हो। यसअघि जेठ २ गते इन्धनको मूल्य बढेको थियो। इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूची अनुसार मूल्य समायोजन भएको प्रवक्ता उपाध्यायले बताउनु भएको छ । निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको अवमूल्यन हुनेक्रम जारी रहँदा इन्धनको मूल्य अझ बढ्ने निगमले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्