जनता टाइम्स

२६ जेष्ठ २०७८, बुधबार १८:०६

घट्दै कोरोना संक्रमण, आज ५७४८ निको, ८१ को मृत्यु


काठमाडौं, जेठ २६

नेपालमा आज ५ हजार ७४८ जना संक्रमित निको हुनुभएको छ । गएको २४ घण्टामा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै आज ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, यो परीक्षण गरिएकामध्ये २८.६ प्रतिशत हो ।

यस्तै आजको निको हुने दर ८५.२ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍.कृष्ण पौडेलका अनुसार आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् ।

जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।