चितवन, जेठ २६
केही खुकुलो प्रावधानसहित चितवनमा निषेधाज्ञा एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले भोलीसम्म लागु रहेको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै असार ३ गतेसम्म थप गरेको हो । यसअघि, निषेधाज्ञाको बेला बैंकिङ तथा वित्तिय संस्थाहरु साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने गरेकोमा अब नियमित संचालन हुने बताएको छ ।
त्यस्तै, पुस्तक पसल र रासायनिक मल तथा कृषि बिउबिजन विक्री वितरण गर्ने पसलहरु दैनिक रुपमा खुल्नेछन् ।त्यसैगरी बढीमा ३ जना कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप संचालन गर्न दिने निणर्य भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । पसल व्यवसाय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्डका अनिवार्य रुपमा पालना गर्न र गराउन समेत प्रशासनले आग्रह गरेको छ













प्रतिक्रिया दिनुहोस्