रुपन्देही, जेठ २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वाेच्च अदालतले आफ्नै परमादेशबिरुद्ध अन्तरिम आदेश दिएको टिप्पणी गर्नुभएको छ ।
नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुबहु रहे पनि सर्वोच्चले उल्टाइदिएकोमा आश्चर्य प्रकट गर्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेललेयस्तो टिप्पणी गर्नुभएको हो । ‘नागरिकतबाारे नै सर्वोच्चका परमादेश आएका थिए । तर उसैले उल्टाइदियो, धन्य छौं हामी,’ मुख्यमन्त्री पोखरेलले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै भन्नुभएको छ ।
सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्