काठमाडौं, असार १
राष्ट्रिय ट्रमा सेन्टरले ‘एक चिकित्सक÷स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गरेको छ । आजदेखि सुरु गरेको यस कार्यक्रमको ट्रमाले नेपाल सरकारको सरकारी स्वास्थ्य सेवामा कायापलट ल्याउने ठानिएको छ । स्वास्थ्य सेवामा सुधार ल्याउने महत्वकांक्षी कार्यक्रम लागूू गरिएको हो । सरकारी चिकित्सकले सेवा सुविधा कम भएको भन्दै असन्तुष्टि जनाइरहेका बेला ट्रमामा भने यो कार्यक्रम लागु भएसँगै चिकित्सकहरुले आकर्षण तबल भत्ता पाउने भएका हुन् ।
तलबभत्ता गरी ट्रमा अस्थायी मेडिकल अफिसरले मासिक ८० हजार ७ सय ६० रुपैयाँ तलब भत्ता पाउनेछन् । यस्तै विशेषज्ञ चिकित्सकले मासिक २ लाख ४० हजारसम्म तलब भत्ता पाउनेछन् । अहिले आठौं तहका मेडिकल अफिसरको तलब ४० हजार ३ सय ८० रुपैयाँ छ । यस्तै, नवौ तहको ४३ हजार ५ सय ८० रुपैयाँ, दशौं तहको ४७ हजार ३ सय ८० रुपैयाँ र एघारौं तहको ५० हजार ६ सय रुपैयाँ तलब छ ।
ट्रमामा नवौ, दशौ र एघारौं तहका स्थायी चिकित्सकले एकेडेमिक अलाउन्स भनेर १०० प्रतिशत भत्ता पाउँछन् । यस्तै, स्थायी र अस्थायी दुवैले ५० प्रतिशत अस्पताल सेवा विस्तार भत्ता पाउने गरेका छन् । त्यसबाहेक ‘एक चिकित्सक/स्वाथ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु भएसँगै लागु हुने मिनिमम सर्विस स्ट्यान्डर्ड (एमएसएस) लागु नभएका अस्पतालले सो घोषणा गर्ने भनेको छ । ‘ट्रमा सेन्टर जस्तो बलियो संस्थाले आफ्नो एमएसएस शतप्रतिशत छ भन्न सक्छ,’ ट्रमाका निर्देशक डा. सन्तोष पौडेलले भन्नुभयो ।
त्यो हुँदा स्यालरीमा थप सतप्रतिशत भत्ता जोडिने छ । त्यसबाहेक अस्पताल विस्तारित सेवा लागु हुँदा कम्तिमा ५० प्रतिशत अन्य भत्ता थपिन्छ । त्यसले नवौं, दशौं र एघारौंको ३ सय प्रतिशत भत्ता हुन आउँछ भने तलब जोडदा ४ सय प्रतिशत हुन आउँछ । आठौं स्थायी विशेषज्ञ अथवा एकेडेमिक छ भने १ सय प्रतिशत र अस्पताल सेवा विस्तारको ५० प्रतिशत र ईएचएसको थप ५० प्रतिशत पाउँछ । जसले उसको तलबभत्ता ३ सय प्रतिशत पुग्न जान्छ ।
अस्थायी मेडिकल अफिसरमा ४० हजार ३ सय ८० तलब र ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम’को एमएसएसको सो घोषणाका आधारमा थपिएको १०० प्रतिशत जोड्दा ८० हजार ७ सय ६० रुपैयाँ तलब हुन्छ । पद मेडिकल अफिसर तर विशेषज्ञता पाएर अध्ययन–अध्यापनमा पनि संलग्न छ भने थप १०० प्रतिशत एकेडेमिक भत्ता, सेवा विस्तार ५० प्रतिशत र ईएचएसको ५० प्रतिशत गरी १ लाख ६१ हजार ५ सय २० रुपैयाँ तलब पाउँछ । तलब र भत्ता गर्दा नवौ तहले १ लाख ७४ हजार ३ सय २० रुपैयाँ मासिक तलब भत्ता पाउनेछन् भने दशौ तहले मासिक तलब भत्ता १ लाख ८९ हजार ५ सय २० रुपैयाँ पाउनेछन् ।
एघारौं तहका चिकित्सकले २ लाख २४ हजार रुपैयाँ मासिक तलब भत्ता पाउनेछन् । उहाँले थप्नुभयो, ‘हाम्रो अस्पतालमा ‘एक चिकित्सकरस्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ लागु गर्नका लागि चिकित्सकहरुले पाउने सेवा सुविधा उहाँहरुले भने अनुसार नै पाउने अवस्था छ । त्यसैले यहाँ आजैदेखि कार्यक्रम लागु गरेका छौं । उहाँहरुले थप भन्नुभएका सफ्ट लोनलगायतका अन्य मागहरु सम्बोधनका लागि सरकारसँग पहल गरिनेछ ।’
सरकारले आजदेखि १० वटा सरकारी अस्पतालमा यस कार्यक्रम लागु गर्दैछ । जसमा केन्द्रीय अस्पतालहरुमा राष्ट्रिय ट्रमा सेन्टर, प्रसुति गृह थापाथली, गजेन्द्रनारायण सिंह अस्पताल, भरतपुर अस्पताल र डडेल्धुरा अस्पताल छन् । त्यसैगरी प्रदेश अस्पतालमा पाँचथर अस्पताल, दैलेख अस्पताल, प्युठान अस्पताल, गोखरा अस्पताल, त्रिशुली अस्पताल नुवाकोट रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्