जनता टाइम्स

४ असार २०७८, शुक्रबार १६:५९

पृथ्वीसुब्बाले खोले जातीय राज्यसँग सत्ता साटन नसकेको तथ्य


पोखरा, असार ४ । गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जातीय राज्य स्वीकार नगरेकै कारण आफ्नो सरकार हटाइएको तथ्य खोल्नुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा गुरुङले यस्तो तथ्य खोल्नुभएको हो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल गर्दै गुरुङले प्रदेशको नाम तमुवान राखे आफ्नो सरकार जोगाइदिने प्रस्ताव आएको खुलासा गर्नुभयो ।

आफूलाई संसदको एउटा दलले त्यस्तो अफर गरे पनि अस्वीकार गरेको उहाँको भनाई छ । ‘यो समीकरण बनाउने बेला धेरै साथीहरुसँग कुरा गर्यौं । एउटा पार्टीले भन्यो, प्रदेशको नाम ‘तमुवान’ राखिस भने तेरो सरकार जोगाउँछु भनेर,’ गुरुङले भन्नुभयो, ‘मैले मानिन । चाहिँदैन, यो बाटोमा हिँड्न सक्दिन भनें,’ गुरुङले भन्नुभयो । गण्डकीको नाम फेरेर तमुवान राख्न प्रस्ताव गर्ने दलको नाम भने उहाँले खुलाउनु भएन ।