जनता टाइम्स

५ असार २०७८, शनिबार १७:१७

आज ३६६० निको, २४०१ लाई कोरोना पुष्टि, आइसियु र भेन्टिलेटरमा ११३२


काठमाडौं, असार ५

पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त भएका छन् भने ३४ संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोनाका कारण नेपालमा ८ हजार ६ सय ७५ जनाको ज्यान गएको छ ।पछिल्लो २४ घण्टामा ७ हजार १० पीसीआर र ४ हजार ६६० जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६९७ परीक्षण भएको छ ।

जसमा पीसीआरमा १६६८ र एन्टीजेनमा ७३१ जनालाई पोजेटिभ देखिएको हो । यता काठमाडौ उपत्यकामा कोरोना संक्रमण हुने दर ओरालो लागेको छ । काठमाडौं उपत्यकामा आज ३३७ जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ गरी ३३७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै आज देशभरमा गरी ११ सय ३२ जना आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । २ सय ५८ जना भेन्टिलेरमा र ८ सय ७४ जना आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको हो ।