काठमाडौं, असार ५
१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अहिले फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा भईरहेको छ । हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सविरुद्ध हंगेरीले १–० गोलको अग्रता बनाएको छ । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन् ।

रोलान्ड सालियाको पासमा फिओलाले उत्कृष्ट गोल गरेका हुन् । पहिलो हाफमा फ्रान्सले बल पोसेसनमा पकड जमाएको थियो । तर, फ्रान्सले गोल भने निकाल्न सकेन । फ्रान्सका करिम बेन्जिमा र केलियन एमबाप्पेले पाएको मौकामा गोलमा परिणत गर्न सकेनन् ।

समूह एफमा रहेको फ्रान्स आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो । फ्रान्सविरुद्ध मैदान उत्रदा हंगेरी पहिलो जित निकाल्न चाहन्छ । यसअघि पहिलो खेलमा हंगेरी पोर्चुगलसँग ३–० ले पराजित भएको थियो ।













प्रतिक्रिया दिनुहोस्