जनता टाइम्स

६ असार २०७८, आईतवार २२:५१

मन्त्री तामाङको पहलमा ‘मेलम्ची–हेलम्बु’ मोटर बाटो संचालन


काठमाडौँ, असार ६ । लगातारको वर्षातसगै आएको बाढी पहिरोको कारण ६ दिन अघिदेखी अवरुद्ध भएको मेलम्ची नगरपालिकादेखी हेलम्बु गाउँपालिकासम्मको मोटर बाटो संचालनमा आएको छ ।

बाढी पहिरोको कारण ठूलो मानविय तथा भौतिक भएको उक्त स्थानमा सवारी आवागमनमा समेत समस्या रहेको थियो । आम नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको विशेष पहलमा उक्त सडक आजदेखी संचालनमा आएको हो ।

समस्या आउन साथ अहोरात्र जनताको पक्षमा एक पछि अर्को गर्दै अगाडी बढ्नुभएका मन्त्री तामाङले अन्य राहत, स्वास्थ्य सामाग्री तथा अस्थायी वसोवासको व्यवस्थापनसहित सडक आवागमनलाई एकै साथ अगाडी बढाउनुभएको थियो । सडक अवरुद्ध भएका कारण बाढी पहिरो पिडितलाई राहत तथा अन्य व्यवस्थापनलाई समेत कठनाई भएकोे थियो । पिडित जनताले पीडाको साथमा यातायात तथा सञ्चार क्षेत्रको समेत उपयोग गर्न नपाउँदा अस्थायी वसोवासको व्यवस्थापन गर्न समेत कठिन भएको थियो । उक्त स्थानमा अझै पनि बाढी पहिरोको समस्या रहेको छ । बाढी पहिरोका कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने करिव दुई दर्जन बेपत्ता भएका छन् । उक्त स्थानका वस्तीहरु बाढीबाट डुवानमा परेका छन् ।